PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अनलाइनमा लिक भयो अक्षय र कट्रिनाको फिल्म सूर्यवंशी



अनलाइनमा लिक भयो अक्षय र कट्रिनाको फिल्म सूर्यवंशी

कोरोना संक्रमणका कारण एक वर्ष ढिला गरि सिनेमाघरमा प्रदर्शन भएको बलिउड फिल्म सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा लिक भएको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर पुलिस ड्रामा फिल्म रिलिज भएको केही घण्टामा पाइरेसीको सिकार भएको हो।

फिल्ममा अजय देवगण र रणविर सिंहको केमियो रोल रहेको छ। बक्स अफिसमा राम्रै सुरुवात गरिरहेको बेला फिल्म पाइरेसी भएको हो। विभिन्न अनलाइन प्ल्याटफर्ममा एचडी क्वालिटीमा नै फिल्म लिक भएको हो। सूर्यवंशी करिब २२० करोड भारतीय रुपैयाँमा निर्माण भएको बताइन्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell