भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएक छ। महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा आगलागी भएको हो। आगो लाग्दा आइसीयुमा करिब २० बिरामी रहेको र केही भेन्टिलेटरको सहारामा थिए।
आगो निभाउन पहिला अस्पतालकै आगलागी नियन्त्रण गर्ने उपकरण प्रयोग गरिएको थियो। तर त्यसले काम गरेन। त्यसपछि आगो झन् बढेको स्थानीय मिडियाले जनाएको छ।
घटना लगत्तै दमकल आएर आगो निभाउने प्रयास गरेको थियो। उद्धार कार्य जारी छ।
उक्त घटनापछि अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अन्यत्र रिफर गरिएको छ।