काठमाडौं : पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड-१९ भाइरसको संक्रमण देखिएको छ। २ हजार ३३३ जनाको परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको हो। कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७१३ पुगेको छ। हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ४४८ जनाको मृत्यु भइसकेको छ।