हेटौँडा : वाग्मती प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए।
भोलि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सि विस्वासको मत लिने सभामुख श्रेष्ठले जानकारी दिए।
यता, मुख्यमन्त्रीका निजी सचिव अच्युत लामिछानेले भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको बताए। विश्वासको मत लिएर मात्र अरु मन्त्रीहरु थप्ने र मन्त्रालयहरु फुटाउने तयारी गरिएको उनले जानकारी दिए।