_(2)1.jpg)
हेटौंडा : वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री एव एमालेका संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले संसदमा विपक्षको भूमिका प्रभावकारी र जिम्मेवारी बनाउने बताएकी छिन्।
आज बसेको संसदीय दलको बैठकमा उनले साना दलले सरकारको नेतृत्व गर्ने कुरा लोकतन्त्रमा विकृती फैलाउने र संघीयतालाई कमजोर बनाएर सिध्याउने षड्यन्त्र हुन सक्ने भन्दै उनले विपक्षीको भूमिका प्रभावकारी बनाउने बताएकी हुन्।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्यले पदबाट राजीनामा दिए पछि गठबन्धन दलबाट सरकारको नेतृत्व गर्दै नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेको संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। पार्टी विभाजनमा पाण्डेसहित १३ जनाले एकीकृत समाजवादी रोजेपछि निवर्तमान मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्। अल्पमतमा परेको केही दिन सत्ता लम्ब्याएकी उनले गत कार्तिक १० गते पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरेकी थिइन्।