PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

समाज नेतृत्वविहीन बन्यो भने अफगानिस्तानको हाल हुन्छ : नेता सोनल



समाज नेतृत्वविहीन बन्यो भने अफगानिस्तानको हाल हुन्छ : नेता सोनल

वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले समाज नेतृत्वविहीन बने अफगानिस्तान जस्तै हाल हुने बताएका छन्। छठको अवसरमा परवानीपुरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रदेश २ का पूर्व भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका सोनलले समाजलाई नेतृत्वदायी दिशामा अगाडि बढाउन अपिल गरे। उनले नेतृत्व गर्नेलाई नै समाजले सघाउने धारणा राखे।

ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेश चौरसियाले आगामी दिनमा समाजलाई तोडेर राजनीतिक गर्नुको साटो समाजलाई जोडेर लैजाने नेताको आवश्यकता भएको बताए। उनले नेता (लिडर) बन्न समाज पढ्ने (रिडर) बन्नुपर्ने आवश्यक रहेको पनि धारणा व्यक्त गरे।

अधिवक्ता रामचन्द्र सिंहले समाजलाई नवीन सोचका साथ अघि बढाउन सबै पार्टीहरूले चाडवाड मनाउनु भनेको निकै खुशीको कुरा भएको बताए। जसपा बाराका अध्यक्ष सीताराम गुप्ताले चियापान कार्यक्रममा बारा, पर्साका विभिन्न राजनीतिक दलहरूलाई बोलाएर कार्यक्रम गर्नु मन्त्री सोनलको लागि निकै सराहनीय कार्य भएको जिकिर गरे।

नेकपा एमालेका प्रदेश २ कमिटी सदस्य रामपाल यादवले नेपालको विभिन्न क्रान्तिमा परवानीपुरको इतिहास कायम रहेकोले परवानीपुरमा राजनीतिक दलहरूबीच भाइचारा कहिल्यै कम नहुने धारणा राखे। नेकपा माओवादी केन्द्रका नेता लालबहादुर पटेलले केही राजनीतिक दलका नेताहरूको स्वार्थको कारण वीरगंज चिनी कारखाना र कृषि औजार बन्द भएको र त्यसको सञ्चालनमा नेतृत्ववर्गले ध्यान दिनुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका नेता शिवशंकर पटेलले पछिल्लो समय तराई मधेसमा दाइजोको रकममा अस्वभाविक रूपमा बढोत्तरी भएको र छेका ९टीकाटालो०को बहानामा पचासदेखि दुई सयजना केटीको घरमा एक दिन खानपिन गर्न जाने परिपाटी विकसित भएकोले यसबारे समाज सचेत भई यस्तो फजूल खर्चको कार्यक्रम निरूत्साहित गर्नुपर्ने सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell