PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतमा पद्मश्री सम्मान



साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतमा पद्मश्री सम्मान

काठमाडौं : नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारत सरकारले पद्मश्रीद्वारा सम्मानित गरेको छ। साहित्य र शिक्षा विधामा क्षत्रीले पद्मश्री पाएका हुन्।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले क्षत्रीलाई आज पद्मश्री प्रदान गरेका हुन्। उनी नेपाली भाषाका प्रतिष्ठित लेखक हुन्। उनी विभिन्न सामाजिक, शैक्षिक, साहित्यिक र साँस्कृतिक संघसंस्थामा सक्रिय रूपमा आबद्ध छन्।

 

पद्मश्री भारत सरकारले विशेषगरी भारतीय नागरिकलाई दिने सम्मान हो। जुन कला, शिक्षा, उद्योग, साहित्य, विज्ञान, खेल, चिकित्सा, समाज सेवालगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई प्रदान गर्ने गरिन्छ। यो भारत सरकारले प्रदान गर्ने भारत रत्न, पद्म विभूषण र पद्म भूषण पछिको चौथो ठूलो सम्मान हो।

क्षत्रीद्वारा लिखित उपन्यास ‘बसाइँ’ निकै चर्चित कृति हो। उनी नेपालमा जगदम्बा-श्री २०७२ बाट पनि सम्मानित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell