PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

फिल्म ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुने



फिल्म ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुने

नेपाली सिनेमा हलमा बलिउड फिल्म ‘सूर्यवंशी’ले दर्शकको चहलपहल बढाइरहेको छ। यसैबीच नेपाली फिल्म ‘चपली हाइट ३’ले प्रदर्शन मिति तय गरेको छ। आउँदो पुस २ गते अर्थात १७ डिसेम्बरमा फिल्म रिलिज हुने भएको छ।

२०७६ चैत २८ गते यो फिल्म रिलिज हुने भनिएको थियो। तर, कोरोना महामारीबीच लकडाउन भएसँगै फिल्म रिलिज हुन सकेन। फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म रिलिज गर्ने निर्णय गरेको यस फिल्मका निर्माता अर्जुन कुमारले बताए।

‘जटिल अवस्थामा रिलिज गर्ने सोच बनाएको छु। फिल्म क्षेत्रलाई चलायमान बनाउन मैले यो निर्णय गरेको हुँ। साथै, बनिसकेको पुरानो फिल्म धेरै राख्नु पनि हुन्न। जसकारण सबै मिलेर पुस २ गते फिल्म लगाउने निर्णय गरेका हौँ। अब मानिसहरु आउँछन् भन्ने आशा पनि छ,’ उनले भने।

सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहेको छ।

अर्जुन कुमारकै ‘चपली हाइट’ पहिलो र दोस्रो श्रृंखलालाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए। यसअघिका दुबै श्रृंखला व्यवसायिक रुपमा सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell