PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हुण्डी कारोबारी साह २० लाख नगदसहित पक्राउ



हुण्डी कारोबारी साह २० लाख नगदसहित पक्राउ

वीरगंज : पर्सा प्रहरीले हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। सोमवार बारा, विश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने वर्ष ३१ का चन्दनकुमार साहलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी गराए।

उनका अनुसार पूर्व सूचनाको अधारमा हिजो दिउँसो साढे १ बजे वीरगंज घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई खान तलासी गर्दा उनले बोकेको झोलाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ फेला परेकोले नियन्त्रणमा लिइएको हो। उनी माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell