PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एमालेको १० औँ महाधिवेशनमा के भीम रावलले केपी ओलीलाई ‘च्यालेन्ज’ गर्दै छन्?



एमालेको १० औँ महाधिवेशनमा के भीम रावलले केपी ओलीलाई ‘च्यालेन्ज’ गर्दै छन्?
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षको उम्मेद्वार हुने संकेत गरेका छन्। मंसिर १०-१२ मा एमालेको १० औँ महाधिवेशन चितवनमा हुँदै छ।

गृहजिल्ला अछाम पुगेका रावलले साफेवगरमा आयोजित नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै कार्यकर्ताको भावना अनुसार आफू १० औँ महाधिवेशनमा अघि बढ्ने बताए।

‘१० औँ महाधिवेशनमा कतिपय साथीहरुले तपाईँ के बन्नुहुन्छ? भन्नुहुन्छ। तपाईँले जेमा उठ भन्नुहुन्छ म त्यसैमा उठ्छु,’ रावलले भने।

कार्यक्रममा सहभागी कार्यकर्ताले उनलाई अध्यक्षमा उठ्न सल्लाह दिएका थिए। उनले आफूलाई फेरिएको भन्ने आरोपको खण्डन गरे।

‘हिजो ९ औँ महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष थिएँ। आज पनि त्यही छु। तपाईँले जे भन्नुभएको थियो, जहाँ पठाउनुभएको थियो म त्यहीँ छु। सत्य कुरा के हो भने म फेरिएको छैन्,’ रावलको प्रष्टिकरण थियो।

रावलले सुदूरपश्चिम प्रदेशमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउने गरेका छन्। मंगलवार पनि रावलले ट्वीट गर्दै अरु ठाउँमा लागू भएको १० बुँदे सुदूरपश्चिममा मात्रै किन लागू नभएको भन्दै प्रश्न गरेका थिए।

उनले सुदूरपश्चिमको प्रदेश कमिटीको बैठक अवैध भएको भन्दै त्यसका निर्णय मान्य नहुने बताउँदै आएका छन्। एमालेको विवाद समाधानका लागि असार २७ गते १० बुँदे सम्झौता भएको थियो।

१० बुँदेलाई पार्टीका तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले मानेनन् भने रावलसहितका दोस्रो तहका १० नेता एमालेमै क्रियाशिल भएका थिए। १० बुँदे कार्यान्वयनमा समस्या उत्पन्न भएपछि रावललाई कार्यान्वयन कार्यदलको संयोजक बनाइएकोमा रावलले असन्तुष्टि जनाउँदै कार्यादलबाटै राजीनामा दिएर अध्यक्ष ओलीमाथि दबाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell