PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

‘वर्ड टुर विथ साइग्रेस’मार्फत नेपाली कामदारका कथा भन्दै साइग्रेस



‘वर्ड टुर विथ साइग्रेस’मार्फत नेपाली कामदारका कथा भन्दै साइग्रेस

काठमाडौं : ‘स्टोरीटेलर’ अर्थात् ‘कथावाचक’को परिचय बनाएका साइग्रेस पोखरेल यतिखेर नेपालमा छन्। युवा पुस्तामाझ लोकप्रिय साइग्रेससँगको सहकार्यमा आइएमई ग्रुपले नेपाली कामदारका कथा र रेमिट्यान्सको उपयोगिता बुझाउने कार्यक्रम गर्ने भएको छ।

‘वर्ड टुर विथ साइग्रेस’ नाम दिइएको कार्यक्रमले कामदारका कथासँगै रेमिटान्सका विभिन्न आयामका बारेमा बोल्नेछ। श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिट्यान्स सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई साइग्रेसले कथामार्फत प्रस्तुति दिनेछन्।

आजदेखि धनगढीको होटल रुबसबाट शुरु भएको कार्यक्रम सातवटै प्रदेशका मुख्य मुख्य शहरहरूमा हुनेछ। १३ नोभेम्बरमा झापा, १५ नोभेम्बरमा धरानमा, १९ नोभेम्बरमा चितवन, २० नोभेम्बरमा बुटवल, २२ नोभेम्बरमा पोखरामा र ३ डिसेम्बरमा (मंसिर १७ गते) काठमाडौंको राष्ट्रिय नाचघरमा कार्यक्रम हुनेछ।

कार्यक्रमको टिकेटिङ पार्टनर ‘आइएमई पे’ रहेको छ। आतिथ्य पार्टनर रोडहाउस क्याफे तथा एजुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेजमेन्ट र आइटी रहेका छन्। मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell