PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पत्नीको हत्या गरेको आशंकामा पति प्रहरीको नियन्त्रणमा



पत्नीको हत्या गरेको आशंकामा पति प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : धनुषामा पत्नीको हत्या गरेको आशंकामा प्रहरीले पतिलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सबैला नगरपालिका वडा नम्बर ३ मा ३० वर्षीया पत्नी अजमेरी खातुन घरमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएपछि उनको हत्या भएको हुनसक्ने आशंकामा उनका ३५ वर्षीय पति लालबाबु साफीलाई प्रहरीले पक्राउ गरेको हो।

अजमेरीको हत्या गरेको आरोप उनका माइत पक्षले लगाएका छन्। करिव १३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मञ्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतककी बुबा मोहम्मद आलमको आरोप छ।

यता इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले घटनापश्चात मृतकका पति साफीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell