PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मैथिली सम्पूर्ण राष्ट्रकै लागि एउटा गहना हो : गृहमन्त्री खाण



मैथिली सम्पूर्ण राष्ट्रकै लागि एउटा गहना हो : गृहमन्त्री खाण

जनकपुरधाम : गृहमन्त्री बालकृष्ण खाणले मैथिली विकास आयोग गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताएका छन्। मंगलवार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मैथिली भाषाको विकासका लागि आयोग गठन गर्न कोषका अध्यक्ष जीवनाथ चौधरीले बुझाएका ज्ञापन पत्रमार्फत गरिएको मागलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

गृहमन्त्री खाणले प्रधानमन्त्री देउवाले विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरु गरेकोले मैथिली भाषाको विकास तथा सम्बर्द्धनका लागि पनि ठोस कदम चाल्ने विश्वास व्यक्त गरे।

गृहमन्त्री खाण भने, ‘पार्टी सभापति देउवा अघिल्लो पटक प्रधानमन्त्री भएकै बेलामा सबै वर्गको राष्ट्रिय राजनीतिकको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी/जनजाति, महिला र दलित लगायतका विभिन्न आयोग गठन र भाषिक विविधतालाई पनि सम्बोधन गर्ने निर्णय गर्नु भएको थियो, उहाँले मैथिली भाषाको विकासका लागि आयोग गठन सम्बन्धि निर्णय समेत गर्नुहुन्छ।’

कार्यक्रममा उनले मैथिली भाषा, संस्कार पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेको र यसको आफूले सम्मान गर्ने बताए। मिथिला र मैथिली मैथिली भाषिकका लागि मात्र नभई सम्पूर्ण राष्ट्रकै लागि एउटा गहना रहेको बताए।

मैथिली भाषाको विकास र सम्बर्द्धनका लागि छुट्टै आयोग गठन गर्न माग गर्दै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले गृहमन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell