PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

न्युजिल्याण्डविरुद्धको सिरिजका लागि भारतीय टिमको घोषणा : रोहित कप्तान, राहुल उपकप्तान



न्युजिल्याण्डविरुद्धको सिरिजका लागि भारतीय टिमको घोषणा : रोहित कप्तान, राहुल उपकप्तान
Photo: BCCI

न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ। भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् भने बिराट कोहलीलाई आराम दिइएको छ।

विश्वकपसँगै कोहलीले कप्तानी छाडेपछि रोहितले १७ नोभेम्बरबाट शुरु हुने सिरिजका लागि कप्तानी सम्हाल्न लागेका हुन्।

भारतीय टोलीमा युवा खेलाडीहरुले अवसर पाएका छन्। जसमा वेङकटेस ऐय्यर, आवेश खान, हर्षल पटेल, ऋतुराज गाइक्वाड लगायतका खेलाडी छन्। त्यस्तै, चोटपछि श्रेयस ऐय्यरले पुनरागमन गरेका छन् भने युजवेन्द्र चहलले पनि पुनरागमन गरेका छन्।

जारी टी-२० विश्वकपमा खराब प्रदर्शनपछि भारतले सिरिजका लागि तयारी शुरु गरेको हो।

न्युजिल्याण्डसँगको सिरिजका लागि भारतीय टोली :

रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गाइक्वड, श्रेयस ऐय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त, इसान किसन, वेंकटेस ऐय्यर, युजवेन्द्र चहल, रविचन्द्रन अश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell