PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पूर्व युवराज्ञी हिमानी शाह छठमा वीरगंज आउँदै



पूर्व युवराज्ञी हिमानी शाह छठमा वीरगंज आउँदै
फाइल फोटो।

वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह बुधवार छठको सझिया घाटेको दिन वीरगंज आउने भएकी छन्। मंगलवार वीरगंजमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक डेभिड कार्कीले यसबारे जानकारी दिए।

कार्कीका अनुसार पूर्व युवराज्ञी शाह चार दिन वीरगंजमा रहने कार्यक्रम रहेको छ। बुधवार साँझ ५ बजे वीरगंज आइपुग्ने पूर्व युवराज्ञी शाह कात्तिक २७ गते काठमाडौं फिर्ता हुने छिन्।

चार दिने वीरगंजको कार्यक्रममा पहिलो दिन सझिया घाटेको दिन घडिअर्वा पोखरीमा पूजापाठ, दोस्रो दिन विहनीया घाटेमा पनि घडिअर्वामा पूजापाठ र सोही दिनमा दिउँसो पर्साका राजनीतिक दलसँग संवाद तथा भेटघाट गर्नेछिन्। तेस्रो दिन पत्रकार भेटघाट गरी चौँथो दिन काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

उनी बुधवार हवाई जहाजबाट सिमरा आउने र त्यसपछि गाडीमा वीरगंज पुग्ने कार्यक्रम छ। उनको स्वागतमा हेलिकोप्टरबाट साँझ ५ बजे घडिअर्वा पोखरीमा पुष्पवर्षा गर्ने कार्यक्रम रहेको कार्कीले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell