PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

दृश्यमा जनकपुरको गंगा सागरको छठ, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने

दृश्यमा जनकपुरको गंगा सागरको छठ, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरुलाई दिपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ। मिथिलाञ्चलवासीहरुका लागि प्रमुख पर्वहरुमध्ये यो पनि एक मानिन्छ।

छठको तेस्रो दिन आज बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ। प्रत्येक वर्ष कातिक र चैत महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको डिलमा भगवान सूर्यदेव र षष्टी देवीलाइ अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ।

चार दिवसीय छठ पर्वको बुधबार तेस्रो दिन अस्ताउँदै गरेको सूर्य लाई ठेकुवा, भुसवा, नारिवल, केरा, अदुवा, फलफुल सहितका विभिन्न परिकारहरुको अर्घ अर्पण गरिनेछ।

जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जा, नवकी पोखरी, दशरथ तलाउ, भुतही पोखरी लगायत दर्जनौं पोखरीहरुलाई दुलही झैं सिंगारेर छठ पर्व मनाइँदै छ।



ट्रेन्डिङ पोस्ट

Ncell