PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई आजको विधि सम्पन्न गरिएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्।

चार दिनसम्म मनाइने लोकपर्व छठ पर्व मनाउन जनकपुरधामको तलाउहरुमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरु पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाइ अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइने छ। जनकपुरधामको गंगासागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड, अग्निकुण्डलगायतका पोखरीहरुमा बिहानैदेखि श्रद्धालुहरु पुगेर धुमधामका साथ छठ मनाएका छन्।

जनकपुरधामसहित देशभर विभिन्न पोखरी, नदी, इनार लगायतको पानीको स्रोत भएको स्थानबाट अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell