PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

टी-२० विश्वकप : इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा



टी-२० विश्वकप : इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा
Photo: T20WorldCup/Twitter

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङमा उत्रिएको इङ्ग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ५१ रन बनाउँदा दाविद मलानले ४१ रन, जोस बट्लरले २९, लियम लिभिङस्टोनले १७ र जोन्नी बेयरस्टोले १३ रन जोडे।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउदी, एडम मिल्न, इश सोदी र जिम्मी निशमले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले अविजित रहँदै सर्वाधिक ७२ रन बनाउँदा डेभोन कोनवेले ४६ रन र जिम्मी निशमले २७ रन जोडे।

इङ्ग्ल्यान्डका क्रिस ओक्स र लियम लिभिङस्टोनले २/२ तथा अदिल रासिदले १ विकेट लिए।

फाइनलमा न्युजिल्यान्डले पाकिस्तान र अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell