PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु उत्रियो सडकमा, जलाए प्रधानमन्त्री देउवाको पुत्ला

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु उत्रियो सडकमा, जलाए प्रधानमन्त्री देउवाको पुत्ला


काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेको छ। काठमाडौंस्थित आरआर कलेजमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका छन्।

उनीहरुले प्रधानमन्त्री देउवाको राजीनामासमेत माग गरेका छन्। रातारात पेट्रोलियम पदार्थको मुल्य बढाएर पाँच दलीय गठबन्धनले जनतालाई मर्कामा पारेको उनीहरुको आरोप थियो। प्रधानमन्त्रीको पुत्ला दहनपछि उक्त प्रदर्शनलाई प्रहरीले हस्ताक्षेप गरेको छ।

निगमले बुधबार रातिबाट लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। साविकको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाइएको हो। यस्तै, हवाइ इन्धन र ग्यासमा पनि मूल्य बढाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell