PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

फिल्म ‘सिल्ली फो’मा केकी अधिकारीको पृथक भूमिका



फिल्म ‘सिल्ली फो’मा केकी अधिकारीको पृथक भूमिका
फाइल फोटो।

काठमाडौं : फिल्म ‘सिल्ली फो’मा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको छ। कमेडी जनराको यस फिल्ममा केकी अधिकारीको पृथक भूमिका रहेको यस फिल्मका निर्देशक तथा लेखक राजबहादुर सानेले जानकारी दिए।

‘कमेडी जनरामा यस फिल्ममा चार बदमास सिल्लीहरुको कथा समेटिएको छ। यस फिल्ममा केकी अहिलेसम्म नगरेको भूमिका छिन्। ४० दिनको सेड्युल रहेको यस फिल्मको १५ दिनको छायाङ्कन दशैँअघि नै सकिएको थियो। अब २५ दिनको सुटिङ भने बाँकी छ,’ उनले भने।

फिल्ममा केकीका साथै राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरालगायतका कलाकारको अभिनय छ।

रुद्र खनाल प्रस्तुतकर्ता रहेको यस फिल्ममा मनोज डिके निर्माता रहेका छन्। दिव्यराज सुवेदीको छायाङ्कन रहेको यस फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell