PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

बहराइनले हटायो अन्तर्राष्ट्रिय यात्रामा कडाई, अब खोप लगाएकाले १० दिन क्वारेन्टाइन बस्नु नपर्ने



बहराइनले हटायो अन्तर्राष्ट्रिय यात्रामा कडाई, अब खोप लगाएकाले १० दिन क्वारेन्टाइन बस्नु नपर्ने
Photo: eerme.com/bahrain-overview

काठमाडौं : बहराइनले कोभिड-१९ संक्रमण रोकथाम गर्न जारी गरेको अन्तर्राष्ट्रिय यात्रासम्बन्धि कडाई ‘रेड लिस्ट’ हटाएको छ। १४ नोभेम्बर २०२१ (२०७८ कात्तिक २८) राति १२ बजेदेखि लागू हुने गरी बहराइनले ‘रेड लिस्ट’ हटाउने निर्णय गरेको बहराइनस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

यससँगै विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्रदान गरिएको खोपको दुवै डोज लगाएका हवाई यात्रुहरूका लागि बहराइन प्रवेशपछि १० दिन अनिवार्य क्वारेन्टाइन गर्नु पर्ने प्रावधान हटेको छ। तर, यात्रुहरूले क्यूआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र भने अनिवार्य साथमा राख्न पर्ने दूतावासले जनाएको छ।

दूतावासले एक सूचना जारी गर्दै भनेको छ, ‘खोप नलगाउनु भएका वा खोपको डोज पूर्ण नभएका यात्रुहरूले निवास वा यहाँको स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्थानमा क्वारेन्टाइन गर्नुपर्ने यहाँका सम्बन्धित निकायहरूले जनाएका छन्। खोप लगाउनु वा नलगाउनु भएकाहरू सबैले बहराइन आगमन पश्चात विमानस्थलमा, पाँचौँ दिनमा तथा दशौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ। सोका लागि 'बी अवेर बहराइन' एप्लिकेशनमार्फत परीक्षण समय माग गर्नु पर्नेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell