PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा



पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा
Photo: @T20WorldCup/Twitter

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। १७७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

पाकिस्तानका लागि मोहम्मद रिजवान र फखर जमानले अर्धशतक प्रहार गरे। रिजवानले ५२ बलमा ३ चौका र ४ छक्काको मद्दतले ६७ रन बनाउँदा जमानले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५५ रन जोडे। जारी विश्वकपमा रिजवानको यो तेस्रो अर्धसतक हो। त्यस्तै, कप्तान बाबर आजमले ३९ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा प्याट कमिन्स र एडम जाम्पाले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाउँदा म्याथ्यु वेडले ४१, मार्कस स्टोइनिसले ४० र मिचेल मार्सले २८ रन जोडे।

पाकिस्तानका लागि शदाब खानले ४ तथा शाहीन शाह अफ्रिदीले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell