PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

आन्तरिक तयारी नपुगेको भन्दै पर्सामा कांग्रेसको वडा अधिवेशन स्थगित



आन्तरिक तयारी नपुगेको भन्दै पर्सामा कांग्रेसको वडा अधिवेशन स्थगित
नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी।

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भोलिदेखि पर्सामा शुरु हुने गाउँ/नगर वडा अधिवेशन फेरी स्थागित भएको छ। आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी गराए।

सूचना प्रकाशित गर्दै अर्को सूचना नआउन्जेल सम्म गाउँ/नगरको वडा अधिवेशन स्थगित गरिएको उनले जनाए। नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले केही प्राविधिक काम बाँकी रहेकोले दुई तीन दिनमै पूरा गरी अधिवेशन गर्ने कार्यक्रम तय भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell