PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै, यस्तो छ छनौट मापदण्ड



एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै, यस्तो छ छनौट मापदण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। संगठित सदस्यका आधारमा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो।

एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्। चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने भएपनि कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालले जनाएको छ।

चितवनमा मंसिर १० देखि १२ मा हुने महाधिवेशनमा १९९९ प्रतिनिधिले सहभागिता जनाउने छन्।

यस्तो छ महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड

- केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि। सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर मताधिकार नहुने।

- प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि।

- प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि। सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने। 

- देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि। सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने। 

- देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि। सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप २ जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने दलित प्रतिनिधि। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने। 

- भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधि।

- भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना मध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने प्रतिनिधि। 

- पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि। विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने।

- स्वदेशका देहायबमोजिमका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित प्रतिनिधि।

- नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ, आदिवासी–जनजाति महासंघ, नेपाल, पेशागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल गरी प्रत्येक संगठनबाट २ महिलासहित ५ जना निर्वाचित प्रतिनिधि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell