PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दिल्लीमा वायु प्रदूषण रोक्न सरकारलाई सर्वोच्च अदालतको सुझाव : आवश्यक परे लकडाउन गर्नुस्



दिल्लीमा वायु प्रदूषण रोक्न सरकारलाई सर्वोच्च अदालतको सुझाव : आवश्यक परे लकडाउन गर्नुस्

भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको स्तर धेरै बढेको छ। विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको दिल्लीमा प्रदूषण बढेको मुद्दामा हाल सर्वोच्च अदालतमा बहस भइरहेको छ। सर्वोच्चले शुक्रवार प्रदूषणको स्तर बढेको र त्यसलाई नियन्त्रण गर्न सफल भएको भन्दै केन्द्र र दिल्ली सरकारको आलोचना गरेको थियो।

यसबिच भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी रमन्नाले दिल्लीमा प्रदूषणको अवस्था बिग्रिएको भन्दै घरभित्र पनि मास्क लगाउन परेको बताएका छन्।

सर्वोच्चका मुख्य न्यायाधीश रमन्नाले केन्द्र सरकारलाई प्रदूषण नियन्त्रणका लागि आपातकालिन योजनाको समथ उपस्थित हुन आदेश दिएको छ। यस्तै, सर्वोच्चले आवश्यक भएको खण्डमा गाडी, उद्योग, पटाखा लगायतबाट हुने प्रदूषण कम गर्न दुई दिन लकडाउन गर्न समेत सुझाव दिएको छ।

पंजालमा पराल जलाइएको कारण दिल्लीमा प्रदूषण बढेको रिपोर्ट केन्द्र सरकारले सर्वोच्चलाई दिएको छ। पराल जलाउन रोक्न सरकारले कदा चालेको दाबी गरिएको छ। केन्द्र सरकारले राज्य सरकारले पनि यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिएको छ।

केन्द्र सरकारले किसानका कारण प्रदूषण बढेको रिपोर्टिङ गरेपछि मुख्य न्यायाधीश रवन्नाले भने, 'तपाईं प्रदूषण बढ्नुको कारण किसान हो भनेर किन भन्दै हुनुहुन्छ? हिजोको प्रदूषणको सानो कारण हो। बांकी प्रदूषणको कारण के हो ? दिल्लीमा प्रदूषण नियन्त्रणका लागि तपाईंहरु के गर्दै हुनुहुन्छ?  हामीलाई राज्य सरकार वा केन्द्र सरकारसँग कुनै मतलब छैन। तपाईं हामीलाई आफ्नो योजना सुनाउनस्। दुई तीन दिनमा के भयो त्यो नसुनाउनुस्।'

दिल्लीमा प्रदूषण बढेपछि दिल्लीका मुख्‍यमन्त्री अरिवन्द्र केजरिवालले आपतकालिन बैठक बोलाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell