PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पर्सामा एमालेको महाधिवेशन प्रतिनिधि छनौट कार्य स्थागित



पर्सामा एमालेको महाधिवेशन प्रतिनिधि छनौट कार्य स्थागित

वीरगंज : नेकपा (एमाले)को १० औँ महाधिवेशनको लागि पर्सामा महाधिवेशन प्रतिनिधि छनौटको कार्य स्थगित भएको छ। आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिको छनौट कार्य स्थगित भएको एमाले पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिए।

उनका अनुसार एमाले प्रदेश २ कमिटीबाट महाधिवेशन प्रतिनिधि छनौटमा सर्वसम्मतले प्रतिनिधि छनौट गर्ने प्रयास भइरहेकाले प्रतिनिधि छनौट कार्य स्थागति गरी आन्तरिक छलफलमा आफूहरु जुटेको उनले बताए।

‘पर्सामा चार संघीय निर्वाचन क्षेत्र रहेको छ, एउटा क्षेत्रबाट चार जनाको दरले जम्मा १६ जना प्रतिनिधि छनौट गर्नु पर्ने हो’, उनले भने, ‘त्यसमा करिब १३ जनाको नाम फाइनल भइसकेको छ, तीन जनाको नाममा छलफल भइरहेको छ, सर्वसम्मतमै टुंग्याउछौँ।’

उनले प्रतिनिधि छनौटमा पार्टी भित्र खासै विवाद नभएको पनि दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell