PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

इक्वेडरको जेलमा फेरि भिडन्त, ६८ जना कैदीको मृत्यु



इक्वेडरको जेलमा फेरि भिडन्त, ६८ जना कैदीको मृत्यु
फोटो : Getty Images

इक्वेडरको जेलमा भिडन्त हुँदा ६८ जना मारिएका छन्। घटनामा परी २५ जना घाइते भएका छन्। शनिवार राति पेनेटेनसियारिया डेल लिटोरल जेलमा कैदीहरुबीच भिडन्त हुँदा यस्तो भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

गुयक्वेल सहरको उक्त जेलमा गत सेप्टेम्बरमा पनि भिडन्त हुँदा ११९ जनाको ज्यान गएको थियो। त्यहाँको सरकारले लागूऔषध कारोबारीको समूहका कारण यस्तो भिडन्त भइरहेको आरोप लगाएको छ। सेप्टेम्बर घटनापछि ६० दिनसम्म जेलहरु संकटकाल लागू गरिएको थियो।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell