PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सर्वोच्चमा आज पनि वकिलहरुको धर्ना, प्रधानन्यायाधीश जबरालाई रोक्ने तयारी



सर्वोच्चमा आज पनि वकिलहरुको धर्ना, प्रधानन्यायाधीश जबरालाई रोक्ने तयारी
फाइल फोटो

काठमाडौं : नेपाल बार एसोसिएसन र कानुन व्यवसायीहरुले आज पनि सर्वोच्चमा आन्दोलन जारी राख्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ।

प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। आज कानुन व्यवसायीहरुले ९ बजेदेखि ११ बजे सम्म सर्वोच्चको गेटमा धर्ना दिने तयारी गरेको छ।

शुक्रवार पनि कानुन व्यवसायीहरुले सर्वोच्चको गेटमा प्रधानन्यायाधीशलाई रोक्न धर्ना बसेको थियो। जबरा भने अर्कै गेटबाट सर्वोच्च प्रवेश गरेका थिए। सर्वोच्चमा कानुन व्यवसायीको आन्दोलनका कारण इजलास प्रभावित हुँदै आएको छ। सरकारले भने न्यायालयको समस्यामा हस्ताक्षेप नगर्ने भन्दै पन्छिँदै आएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार कानुनमन्त्री दिलेन्द्र बडुसँग यस विषयमा छलफल गरेका थिए। कानुनमन्त्री बडुले बार र बेन्चबीचको सहमतिमै अदालतको समस्या समाधान हुनुपर्ने सरकारको धारणा रहेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell