PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

वकिलहरु सर्वोच्चभित्रै धर्नामा : प्रहरीले हस्तक्षेप गर्न खोज्दा घम्साघम्सी, वैकल्पिक बाटोबाट छिरे प्रधानन्यायाधीश



वकिलहरु सर्वोच्चभित्रै धर्नामा : प्रहरीले हस्तक्षेप गर्न खोज्दा घम्साघम्सी, वैकल्पिक बाटोबाट छिरे प्रधानन्यायाधीश

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि धर्ना जारी राखेको छ। वकिलहरु आज सर्वोच्चको भित्री प्रँगाणमै धर्नामा बसेका छन्।

धर्नालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको प्रवेश सर्वोच्चमा निषेध गरेको बताए। 'उहाँको प्रवेश निषेध गरेका छौ। न्यायापालिका मन्दिर हो। यसलाई चोलेन्द्रले सर्वोच्चलाई किनबेचको माध्यम बनाएको छ,' श्रेष्ठले भने। अहिलेका प्रधानन्यायाधीश जबराले विचौलियामार्फत बारको आन्दोलन भाँड्न खोजेको श्रेष्ठको आरोप थियो।

जबराकै पालामा सर्वोच्चमा भ्रष्टाचार झांगिएको उनले दाबी गरे। 'आजै विचौलिया पठाएका छन्। चोलेन्द्र शम्शेरको राजीनामाबाट मात्र अबको निकास हो,' उनले भने, 'चोलेन्द्रको पालामा विचौलिया र भ्रष्टचार झांगियो।'

वकिलहरुले प्रधानन्यायाधीशको पदच्युतको विकल्प नभएको उल्लेख गर्दै धर्नामा छन्। वकिलहरुको धर्नामा प्रहरीले हस्ताक्षेपको प्रयास गरेको थियो। घम्साघम्सीमा केही वकिल घाइते भएको बताइएको छ। यद्यपि अहिले धर्नामा वकिलहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ।

यसैबीच प्रधानन्यायाधीश वैकल्पिक बाटो प्रयोग गरी सर्वोच्च प्रवेश गरेका छन्। आज प्रधानन्यायाधीश जबराले सर्वोच्चमा १० वटा इजलास तोकेका छन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ।

प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। आज कानुन व्यवसायीहरुले ११ बजेसम्म सर्वोच्चमा धर्ना दिने जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell