PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वीरगंजमा कानुन व्यवसायीको धर्ना



प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वीरगंजमा कानुन व्यवसायीको धर्ना

वीरगंज : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै पर्साका कानुन व्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका छन्। न्यायालयभित्रको न्यायिक शुद्धिकरणको माग गर्दै उच्च अदालत बार एसोसिएसन वीरगंज र पर्सा जिल्ला अदालत बार एकाई धर्नामा बसेको हो।

बिहान ११ बजेदेखि १२ बजेसम्म केन्द्रीय बारको निर्देशन अनुसार कार्यक्रम भइरहेको पर्सा बार एकाईका अध्यक्ष ओमप्रकाश साहले बताए। साहको नेतृत्वमा पर्सा जिल्ला अदालत अगाडि धर्ना बसिएको थियो भने जनकपुर उच्च अदालतको अस्थायी इजलाश वीरगंजमा उच्च बारका अध्यक्ष प्रमोद प्रसाद साहको नेतृत्वमा धर्ना बसिएएको हो। तीन दिनसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell