काठमाडौं : आसन्न १० औँ महाधिवेशनका लागि नेकपा (एमाले) रुपन्देहीले महाधिवेशन प्रतिनिधिहरु छनोट गरेको छ। प्रतिनिधि छनोटका लागि गठित निर्वाचन समितिले आज महाधिवेशन प्रतिनिधि चयन गरेको हो।
खुलातर्फ शिवराज सुवेदी, डा कृष्ण न्यौपाने, धुव्रप्रसाद खरेल, ऋषिराम सापकोटा, यज्ञ गैरे, भोजप्रसाद श्रेष्ठ, बलबहादुर आचार्य, बाबुराम भट्टराई, गोपाल राना, चित्रबहादुर कार्की, बासुदेव घिमिरे, मोहन चापागाई, हितराज पन्थी, बिश्वराज बराल, तुलसी प्रसाद चौधरी, रामप्रसाद रेग्मी, भुमिलाल सापकोटा, रामचन्द्र यादव, जीवनाथ पाण्डे, शिव पौडेल, बाबुलाल यादव र साधुशरण साहनी चयन भएका छन्।
यस्तै, महिलातर्फ गुमादेवी आचार्य, विद्यालक्ष्मी गुरुङ्ग, जागेश्वरदेवी चौधरी, सावित्रा अर्याल, ज्ञानु केसी, ममता पौडेल, उमा अधिकारी, कल्पना हरिजन र कमला भण्डारी चयन भएका छन्।
रुपन्देहीबाट दलिततर्फ जोगलाल बिश्वकर्मा र सुरेन्द्र श्री तथा दलित महिलातर्फ कमला बिक महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन्।