PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अमेरिकी राजदूत रेन्डी बेरी किन पुगे रारा ताल?



अमेरिकी राजदूत रेन्डी बेरी किन पुगे रारा ताल?
Photo: US Embassy, Nepal

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी रारा तालको भ्रमणमा छन्। बेरीसहित बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्क रारा क्षेत्रको संयुक्त भ्रमणमा गएका हुन्।

जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायुसम्बन्धि तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन राजदूतहरु रारा क्षेत्रको संयुक्त भ्रमणमा गएको बताइएको छ।

राजदूत बेरीले रारा ताल झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान रहेको भन्दै जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको बताएका छन्।

रारा पुग्नुको उद्देश्यबारे बताउँदै बेरीले भनेका छन्, ‘अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूसम्म पनि पर्ने गर्दछ। त्यसैले म किन यो यात्रा गर्दैछु त। स्पष्ट छ, म तपाईंहरू सबैलाई यी सबै विषयका बारे अवगत होस् भन्ने चाहन्छु।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell