PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अष्ट्रेलियाले जित्यो २०२१ को आइसीसी टी-२० विश्वकप



अष्ट्रेलियाले जित्यो २०२१ को आइसीसी टी-२० विश्वकप
Photo: @T20WorldCup/Twitter

अष्ट्रेलिया आइसीसी टी-२० विश्वकप क्रिकेट २०२१ को विजेता बनेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न फाइनलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टी-२० विश्वकप जितेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ बल बाँकी छँदा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङमा उत्रिएको न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले अर्धशतक प्रहार गरे। विलियमसनले ४८ बलमा १० चौका र ३ छक्काको मद्दतले ८५ रन बनाए। त्यस्तै, मार्टिन गप्टिलले २८, ग्लेन फिलिप्सले १८, डेरिल मिचेलले ११ र जिम्मी निशम ११ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलउडले ३ तथा एडम जाम्पाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाका लागि मिचेल मार्स र डेभिड वार्नरले अर्धशतक प्रहार गरे। मार्सले ५० बलमा ६ चौका र ४ छक्काको मद्दतले ७७ रन बनाउँदा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्काको मद्दतले ५३ रन जोडे। त्यस्तै, ग्लेन म्याक्सवेलले २८ र आरोन फिन्चले ५ रन जोडे।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell