बलिउड अभिनेता राजकुमार राव वैवाहिक बन्धनमा बाँधिएका छन्। रावले पत्रलेखा पलसँग आज विवाह गरेका हुन्।
भारतीय मिडियाका अनुसार उनीहरु आफ्ना नजिकका परिवारका सदस्य र साथीहरूको उपस्थितिमा विवाह बन्धनमा बाँधिएका हुन्। चण्डीगढमा उनीहरुको विवाह भएको बताइएको छ।
विवाहको तस्बिर सेयर गर्दै रावले लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र रमाइलो पछि आज मैले मेरो सोलमेट, मेरो सबैभन्दा मिल्ने साथीसँग विवाह गरेँ।’