PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गाडीमा तोडफोड, बन्द गराउँदै हिँडेका ८ जना ललितपुरबाट पक्राउ



गाडीमा तोडफोड, बन्द गराउँदै हिँडेका ८ जना ललितपुरबाट पक्राउ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी तोडफोडमा उत्रने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरमा गाडीमा सामान्य तोडफोडमा उत्रेका ८ जनालाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनायो। पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell