PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रुपन्देहीमा बन्दको प्रभाव सामान्य



रुपन्देहीमा बन्दको प्रभाव सामान्य

बुटवल : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको रुपन्देहीमा सामान्य प्रभाव परेको छ।

जिल्लाको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, देवदह लगायतका क्षेत्रका सडकमा सार्वजनिक सवारीसाधन नचले पनि बिस्तारै निजी सवारीको चाप बढ्दै गइरहेको छ। पसलहरू भने खुलेका छैनन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बन्दकर्ताहरू भने सडकमा देखिएका छैनन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना नभएको उनले बताए।

सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको विरोधमा नेकपाले बन्द आह्वान गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell