PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

वीरगंजमा बन्दको प्रभाव आंशिक



वीरगंजमा बन्दको प्रभाव आंशिक

वीरगंज : नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार अह्वान गरिएको नेपाल बन्दको वीरगंजमा आंशिक प्रभाव मात्र परेको छ। बाराको पथलैयादेखि उत्तरतर्फ कडा प्रभाव परे तपानि पथलैयाभन्दा दक्षिण तर्फ बन्दको प्रभाव आंशिक रहेको छ। वीरगंजका निजी विद्यालयहरुले स्कूल बन्द गरेका छन् भने सरकारी विद्यालय सञ्चलानमा रहेका छन्। निजी विद्यालयहरु सवारी साधन चलाउनु पर्ने हुने भएकोले बस चल्दैन भनी विद्यालय चलाउन समस्या हुने भएकोले बन्द गरेको बताएका छन्।

त्यसैगरी, वीरगंज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योग कलकारखाना चलिरहेको उद्योगीहरुले बताएका छन्। वीरगंज पथलैया सडकखण्डमा सिटीराइट, टेम्पो, माइक्रो, मोटरसाइकल चलिरहेका छन् भने लामो दुरीको मालबाहक ट्रक र यात्रुबाहक बस पूर्व पश्चिम राजमार्गमा फाटफुटमात्र चलेको प्रदेश २ ट्राफिक कार्यालय पथलैयाका एसपी हिमालयन श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell