
काठमाडौं : गायन र नृत्यसँग सम्बन्धित दुई रियालिटी शो बन्ने घोषण गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो डान्स कप यूएसए-४’ र ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’को घोषणा गरिएको हो।
दुवै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको हो। यी दुवै शोहरुमा अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुले सहभागिता जनाउन पाउनेछन्।
‘मेरो डान्स कप यूएसए-४’मा अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर वीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई निर्णायकको रुपमा देखिनेछन्। त्यसैगरी, ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल रहेका छन्।
यी दुवै शो आउँदो जनवरीबाट शुरु गरिने आयोजकले जनाएको छ। अमेरिकामा हुन लागेको यी शोहरुको अडिसन भने नोभेम्बर २७ बाट शुरु गरिनेछ।
नेपाली भाषा र संकृतिको संरक्षण र प्रवर्द्धन गर्दै रियालिटी शोमार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याउन यी शोहरु गरेको अधिकारीले बताए। फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत दिँदै आएको छ।
अमेरिकामा पनि नेपाली भाषीहरुलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै नायिका केकी अधिकारीले खुसी लागेको बताइन्।