PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

युगान्डाको कम्पालामा दुई आत्मघाती बम विस्फोट : ३ जनाको मृत्यु, ३३ घाइते



युगान्डाको कम्पालामा दुई आत्मघाती बम विस्फोट : ३ जनाको मृत्यु, ३३ घाइते
फोटो : twitter.com/ntvuganda

युगान्डाको राजधानी कम्पालामा आत्मघाती बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। दुई वटा आत्मघाती बम विस्फोटमा अन्य ३३ जना घाइते भएका छन्।

तीन मिनेटको अन्तरालमा मंगलबार बम विस्फोट भएको बताइएको छ। एउटा बम त्यहाँको संसद भवन नजिकै बिष्फोट भएको थियो भने अर्को विस्फोट एक बीमा कम्पनी नजिकै भएको थियो।

विस्फोटको जिम्मा इस्लामिक स्टेट ग्रुपले लिएको समाचारहरुमा बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell