PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै



प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे ११ बजेका लागि डाकिएको छ।

मंगलवारका लागि डाकेको बैठक नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दका कारण प्रभावित भएकाले आजका लागि सारिएको हो।

गत कात्तिक १६ गते राईले मुख्यमन्त्रीमा शपथ लिएका थिए। भीम आचार्यले पदबाट राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell