PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

गण्डकीको प्रमुख सचिवमा रविलाल पन्थ



गण्डकीको प्रमुख सचिवमा रविलाल पन्थ

पोखराः गण्डकी प्रदेशको प्रमुख सचिव रविलाल पन्थले जिम्मेवारी सम्हालेका छन्। यसअघि प्रमुख सचिव रहेका डा. दामोदर रेग्मीको संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएसँगै पन्थलाई प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको हो।

रेग्मीलाई प्रदेश सरकारले मंगलबार नै विदाइ गरेको थियो। 

पन्थ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल र सुर्खेत कार्यालयको प्रमुख भएर काम गरेका थिए। केही समय उनी आयोगको केन्द्रीय कार्यालयमा पनि रहेका थिए।

जिम्मेवारी सम्हाल्दै पन्थले चुस्त सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। संघीयता संरचनालाई मजबुत बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell