PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस वडा अधिवेशन : पर्साको अलौँ र मिर्जापुरमा विवाद



कांग्रेस वडा अधिवेशन : पर्साको अलौँ र मिर्जापुरमा विवाद

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बुधवारदेखि पर्सामा जारी वडा अधिवेशनको क्रममा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर र वीरगंज वडा नम्बर १७ अलौँमा विवाद भएको छ। वडा समिति चयनमा सहमति हुन नसक्दा ती वडामा विवाद भएको बताइएको छ।

कांग्रेस जिल्ला निर्वाचन कमिटी सदस्य प्रदीप कुमार जैसवालका अनुसार ती ठाउँमा विवाद चर्किएपछि वडा अधिवेशन स्थगित गरी बिहीवार नयाँ सिराबाट वडा अधिवेशन गराउने तयारी रहेको बताए। साथै, पर्साका अन्य १४ वटा पालिकाको ११२ वडामा शान्तिपूर्वक वडा अधिवेशन भइरहेको उनले बताए।

अधिकांश वडामा सर्वसम्मत तरिकाले वडा अधिवेशन भइरहेको र सहमति हुन नसकेको वडामा बिहीवार र शुक्रवारसम्म मतदानबाट वडा कमिटी र क्षेत्रीय प्रतिनिधि चुन्ने काम तयारी रहेको उनले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell