PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

भुटानको सीमा मिचेर दोक्लाम छेउछाउ चीनले अवैध रुपमा ४ बस्ती बसाएको भारतको आरोप



भुटानको सीमा मिचेर दोक्लाम छेउछाउ चीनले अवैध रुपमा ४ बस्ती बसाएको भारतको आरोप
फोटो : twitter.com/detresfa_

पछिल्लो एक वर्षमा चीनले भुटानको सीमा क्षेत्रमा ४ वटा गाउँ निर्माण गरेको भारतीय सञ्चार माध्यमहरुले आरोप लगाएको छ। एनडिटिभीले यसबारे एक रिपोर्ट तयार पारेको छ। रिपोर्टअनुसार चीनले भुटानको करिब २५ हजार एकर जमिनमा अवैध कब्जा गरेको दाबी गरिएको छ। ती क्षेत्र भारत चीनको सीमा दोक्लाम नजिकै भएको बताइएको छ।

यद्यपि यी चार गाउँ रहेको स्थानमा सीमा विवाद पहिले देखि रहेको बताइएको छ। यो जमिनमा चीन र भुटान दुबैले दाबी गरेको भास्कर अनलाइनले जनाएको छ। चीनको सैन्य विकासम्बन्धी एक शोधकर्ताले चीनले भुटानी सीमामा बनाएको गाउँको तस्विरसमेत सार्वजनिक गरेको छ। यही आधारमा भारतीय सञ्चारमाध्यमहरुले रिपोर्ट तयार पारेको देखिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell