PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

नेपालका एक चौथाई जनसंख्यालाई दिइयो कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा



नेपालका एक चौथाई जनसंख्यालाई दिइयो कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा

काठमाडौं : नेपालमा कुल जनसंख्याको एक चौथाईलाई कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ। केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण अनुसार नेपालको जनसंख्या हाल तीन करोड तीन लाख ७८ हजार ५५ रहेको छ।

जसमध्ये ७७ लाख १३ हजार चार सय ९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। जुन २५. ४ प्रतिशत हुन आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, बिहीवार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार नेपालमा ८९ लाख ९६ हजार दुई सय ५३ जनाले कम्तिमा पहिलो मात्रा खोप लगाएका छन्। जुन कुल जनसंख्याको २९.६ प्रतिशत हुन आउँछ।

हालसम्म नेपालमा एक करोड ६७ लाख नौ हजार छ सय ६२ मात्रा कोभिड-१९ विरुद्धको खोप वितरण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सो अवधिसम्म नेपालमा अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरी विभिन्न देशमा उत्पादित खोप ३० लाख १९ हजार एक सय ८८ जनालाई कम्तिमा पहिलोमात्रा दिइएको छ भने १७ लाख ५४ हजार चार सय २६ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन्।

त्यस्तै, चिनियाँ खोप भेरोसेल ५९ लाख ७३ हजार एक सय ७२ जनाले पहिलो मात्रा लगाएका छन्। जसमध्ये ४४ लाख १५ हजार चार सय ८६ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन्।

अमेरिकी खोप जोनसन एण्ड जोनसनको पूर्ण मात्रा खोप १५ लाख ४३ हजार चार सय ९७ जनाले लगाएका छन्।

गत कात्तिक २८ गतेदेखि नेपालमा फाइजर-वायोएनटेकको खोप वितरण थालिएको छ। बिहीवार २ बजेसम्मको तथ्यांक अनुसार तीन हजार आठ सय ९३ जनालाई सो खोपको पहिलो मात्रा दिइएको छ। फाइजरको खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई पहिलो प्राथमिकतामा राखेर वितरण गरिएको छ।  

यसैबीच, पछिल्लो २४ घण्टामा थप ७१ हजार आठ सय ९२ मात्रा खोप वितरण भएको छ।

बिहीवार दिउँसो २ बजेसम्म पछिल्लो २४ घण्टामा १६ हजार २४ जनालाई अस्ट्राजेनेकाको पहिलो मात्रा र चार हजार नौ सय १३ जनालाई दोस्रो मात्रा खोप लगाइएको छ।

त्यस्तै, सोही अवधिमा १७ हजार छ सय ८५ जनालाई भेरोसेलको पहिलो र ३२ हजार पाँच सय ९७ जनालाई दोस्रो मात्रा दिइएको छ। त्यस्तै छ सय ७३ जना दीर्घरोगीलाई फाइजरको पहिलो मात्रा दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell