PahiloPost

Oct 4, 2023 | १७ असोज २०८०

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता



प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
फोटो : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता भएको हो।

भेटका क्रममा लामो समयदेखिको नेपाल-अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु तीन दिने भ्रमणका क्रममा बुधवार साँझ काठमाडौं आइपुगेका हुन्।

लुले शुक्रवार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell