PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक



‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक

काठमाडौं : ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ। दिवंगत गायक राम थापाको चर्चित गीतलाई नयाँ भर्सनमा निकालिएको हो।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘छक्का पञ्जा टिम’ले रि-क्रियशन गरेर गीतको भिडियो सार्वजनिक गरेको हो। मुरारी प्रसाद लामिछानेको शब्द र संगीत रहेको गीतलाई भिम बिष्टले रि-क्रियशन गरेर नयाँ स्वरुप दिएका छन्।

नयाँ भर्सनको युगल गीतमा हिमाल श्रेष्ठ र अन्जु पन्तको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगातका कलाकारहरु अभिनय रहेको छ।

हरि गुँमागाईको छायांकन रहेको गीतको भिडियोमा छक्का पञ्जा टिमको निर्देशन रहेको छ। गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। सार्वजनिक भएको गीतलाई म्युजिक नेपाल युट्युव च्यानलमा हेर्न सकिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell