PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन



सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन
फाइल फोटो

कर्णाली : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ। नयाँ विधानअनुसार गाउँ/नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो। क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो।    
    
कहाँ को चयन?

बिहीबार सम्पन्न गाउँ/नगर अधिवेशनलगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदैछ। यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र छन्। कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगङ्गा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन्। त्यस्तै वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला निर्वाचित भएका छन्।    
    
गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत कार्यसमिति चयन गरिएको हो। प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको अधिवेशनलाई कांग्रेस नेताहरुले विशेष महत्व दिएका थिए। यहाँ कूल खसेका ३४९ मतमध्ये सभापतिमा विजयी उपेन्द्र खड्काले १९९ र उहाँका प्रतिस्पर्धी नारायणकुमार कोइरालाले १४७ मत ल्याएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell