PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ट्रेलरमा सस्पेन्स र थ्रिलर, कस्तो होला ‘चपली हाइट ३’?



ट्रेलरमा सस्पेन्स र थ्रिलर, कस्तो होला ‘चपली हाइट ३’?

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको अफिसियल ट्रेलर रिलिज गरिएको हो।

सार्वजनिक ट्रेलरमा स्वस्तिमालाई पक्राउ गरेर प्रहरीले यथार्थ बुझ्न खोजिरहेका हुन्छन्। किनकी हत्या गरिएकी पात्र स्वस्तिमाकी मिल्ने साथी हुन्छिन्। एक युवतीको हत्या कसरी भयो भन्ने रहस्य पत्ता लगाउन गरेको संघर्षलाई कथाको विषयवस्तु बनाइएको छ। एक योजनाबद्ध हत्यामा संलग्न रहेका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चालेको कदमलाई ट्रेलरमा देख्न सकिन्छ।

दुई वर्षपछि आफूले अभिनय गरेको फिल्म हलमा रिलिज हुन लाग्दा निकै उत्साहित रहेको स्वस्तिमाले बताइन्। अहिलेको अवस्थामा सबैजनाले एकअर्कालाई सहयोग गरेर नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउनु पर्ने उनको तर्क छ।

अर्जुन कुमारको लगानी रहेको यो फिल्म आउँदो पुस २ गते अर्थात १७ डिसेम्बरमा रिलिज हुनेछ। २०७६ चैत २८ गते यो फिल्म रिलिज हुने भनिएको थियो। तर, कोरोना महामारीबीच लकडाउन भएसँगै फिल्म रिलिज हुन सकेको थिएन्।

सस्पेन्स र थ्रिलर कथामा निर्माण भएको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहेको छ।

अर्जुन कुमारकै ‘चपली हाइट’ पहिलो र दोस्रो श्रृंखलालाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए। यसअघिका दुबै श्रृंखला व्यवसायिक रुपमा सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell