PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब गोलरहित बराबरीमा रोकिए



‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब गोलरहित बराबरीमा रोकिए

काठमाडौं : आजबाट शुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो गोलरहित बराबरीमा रोकिएका हुन्।

खेल निर्धारित समय भन्दा ८ मिनेट ढिला शुरु भएको थियो। सातदोबाटोले राम्रो खेल प्रदर्शन गरे पनि गोल गर्ने मौकाको सदुपयोग गर्न भने सकेन।

पहिलो हाफमा फ्रेन्ड्स क्लबको डिफेन्स बलियो देखिएको थियो। दोस्रो हाफमा भने फ्रेन्ड्स क्लब अट्याकिङ मुडमा देखियो।

सातदोबाटोका आकाश बुडा मगरले ५८ औँ मिनेटमा गोलपोस्टमा उत्कृष्ट प्रहार गरेको भए पनि फ्रेन्ड्स क्लबका गोलकिपर राहुल रामचन्द्र यादवले बचाए।

६० औँ मिनेटमा फ्रेन्ड्स क्लबका जामुल एन्थोनीले राम्रो अवसर पाएर पनि गोल गर्न सकेनन्।

रोनेल एन्थोनी पौल दोहोरो पहेँलो कार्ड पाउँदै ७६ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए। त्यसपछि १० खेलाडीमा सीमित फ्रेन्ड्स क्लब दबाबमा आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell