PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोशेढुंगा सावित हुनेछ : कृष्णबहादुर महरा



पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोशेढुंगा सावित हुनेछ : कृष्णबहादुर महरा
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोशेढुंगा सावित हुने बताएका छन्। माओवादी केन्द्रको वडा सम्मेलनको अघिल्लो दिन शुक्रवार प्रवक्ता महराले प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।

उनले देशमा आमूल परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टीले अंगालेको समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन हुन जरुरी रहेका समेत बताएका छन्।

‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछ,’ प्रेस वक्तव्यमा उल्लेख छ।

माओवादी केन्द्रले भोलि मंसिर ४ गते देशैभरका वडाहरुमा एकैपटक वडा सम्मेलन गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell